मुस्लिम देशमा इजरेली नयाँ सरकारका मन्त्रीको पहिलो भ्रमण
एजेन्सी।इजरायलका नयाँ विदेशमन्त्री येर लेपिडले आफ्नो पहिलो भ्रमणका लागि संयुक्त अरब इमिरेड्स(युएई)लाई छानेका छन्।यहुदी राष्ट्र इजरायल र विश्वका मुस्लिम देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ।युएईसँग भने इजरायलको राम्रो सम्बन्ध छ। नेफ्टाली बेनेटको गठबन्धन सरकारमा सबैभन्दा ठूलो पार्टीका नेता समेत रहेका लेपिडले आगामी साथा युएई भ्रमण गर्न लागेका हुन्।सो क्रममा उनले अबुधाबीमा इजरेली दुतावास र दुबईमा वाणिज्य दुतावास उद्घाटन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्