फिलिपिन्सका राष्ट्रपति दुतेर्तेको कोरोना नियन्त्रण गर्ने काइदा– खोप लगाउ, होइन भने जेल जाउ एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोना खोप लगाउन नमान्ने जनतालाई जेल पठाउने धम्की दिएका छन्। उनले आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै ‘खोप’ र ‘जेल’मध्ये एक रोज्न जनतालाई आग्रह गरेका हुन्। “छनोट गर्ने अधिकार तपाईंहरुलाई छ, खोप रोज्ने कि जेल जाने,” उनले भने। फिलिपिन्समा हालसम्म १० लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने २३ हजार ५ सय जनाले ज्यान गुमाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्