सैनिक ‘कू’पछि १० हजार म्यानमारीले लिए भारत र थाइल्याण्डको शरण एजेन्सी। म्यानमारका १० हजार म्यानमारीले सैनिक ‘कू’पछि भागेर भारत र थाइल्याण्डमा शरण लिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका म्यानमारका लागि विशेषदूत क्रिस्टीन श्रेनर बर्गनरले राष्ट्रसंघको महासभामा उक्त जानकारी दिएका हुन्। म्यानमारमा गत फेब्रुअरी १मा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको थियो। राष्ट्रसंघले कूपछि म्यानमारमा एक लाख ७५ हजार नागरिक विस्थापित भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्