फेरि बढ्दै मर्स्याङ्दीको बहाव
रासस। मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदीमा फेरि पानीको बहाव बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका–४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ। चामे बजार नजिकै वर्षाका कारण नदीमा पुनः पानीको बहाव बढ्न जाँदा जोखिम बढेको प्रहरीले जनाएको छ। चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्