मनाङबाट सेनाको एमआई–१७ हेलिकप्टरमा ६३ जनाको उद्दार काठमाडौं।नेपाली सेनाले मनाङको नार्पाभूमि गाउँपालिका–२ स्थित नारफु इलाकाका बाढीपहिरो प्रभावित ६३ जनाको उद्दार गरेको छ। सेनाको एमआई–१७ हेलिकप्टरमार्फत उद्दार गरी ३७ जनालाई पोखरा र २६ जनालाई काठमाडौं ल्याएको छ। सेनाले मनाङको चामे गाउँपालिका–४ मा रहेको स्कालकु खोलामा नयाँबजार कोतोतर्फ आजतजावत गर्ने दुई वटा अस्थायी काठेपुल समेत निर्माण गरेको छ। केही दिनअघि आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्