शक्ति राष्ट्रका सेना फर्कन थालेपछि अफगानिस्तानका ५० जिल्लामा तालिवानले कब्जा जमायो बीबीसी।शक्ति राष्ट्रका सेना अफगानिस्तानबाट फर्किदै गर्दा अतिवादी समूह तालिवानले प्रभाव बढाउँदै लगेकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। पछिल्ला दिन तालिवानले अफगानिस्तानका दर्जनौं जिल्लामा कब्जा जमउन सुरु गरेका छन्। राष्ट्रसंघका विशेष दूत डोबोरा ल्योन्सले राष्ट्रसंघको सुरक्षा परिषदमा तालिवान लडाकुले अफगानिस्तानमा ३७० मध्ये ५० जिल्लामा कब्जा जमाकाएको जानकारी दिएका छन्। अफगानिस्तानको पछिल्लो समीकरणलाई लिएर उनले सुरक्षा परिषदमा चिन्ता समेत जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्