इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत लाभांश दिने भएको छ। आफ्नो ३३औं वार्षिक साधारण सभाबाट बैंकले लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले लगानीकर्तालाई असार मसान्तसम्म कायम शेयर पुँजीको १० दशमलव पाँच प्रतिशत बोनस शेयर र आठ दशमलव पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रूपैयाँ पुग्छ। यस्तै बैंकले आर्थिक वर्ष २०७५/७६ मा चार अर्ब १३ करोड रूपैयाँ सञ्चालन मुनाफा कमाएको छ।

त्यसैगरी बैंकको खुदनाफा तीन अर्ब ३२ करोड करोड पुगेको छ भने निक्षेप आठ दशमलव ४५ प्रतिशतले बढेर एक अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। पाँच दशमलव २३ प्रतिशतले कर्जा विस्तार गर्दै एक खर्ब २७ अर्ब पुगेको छ।

हाल बैंकको शाखा कार्यालय ८२ वटा पुगेको छ भने १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर तथा ५७ ओटा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्