फरार तीन व्यापारीको नाममा रहेको ९३.७१ अर्ब रुपैयाँ सरकारी बैंकमा पठाइयो बीबीसी। भारतमा ठगी गरी फरार रहेका तीन व्यापारीको नाममा रहेको ९३ अर्ब७१ करोड भारतीय रुपैयाँ सरकारी बैंकमा पठाइएको छ। फरार व्यापारी विजय माल्या, मेहुल चोकसी र नीरव मोदीको जफत गरिएको सम्पत्ति सरकारी बैंकमा पठाइएको हो। डायरेक्टोरेट अफ इन्फोर्समेन्ट (इर्डी)ले सो रकम सरकारी बैंकमा दाखिला गरेको हो। तीन जनाका कारण बैंकलाई ठूलो नोक्सान भएकाले उनीहरुको सम्पत्ति बैंकलाई दिइएको इर्डीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्