बलात्कारसम्बन्धी पाकिस्तानका प्रधानमन्त्री अभिव्यक्तिले पूर्वपत्नी दुःखी
एजेन्सी। बलात्कारको लागि महिलाको कपडा जिम्मेवार रहेको बताउने पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बयानलाई लिएर उनको पूर्वपत्नी जेमिमा गोल्डस्मिथले प्रतिक्रिया जनाएकी छन्। इमरानको अभिव्यक्तिले आफूलाई दुःखी बनाएको उनले बताइन्। उनले बलात्कारको लाग पुरुषहरुको हेराई र नियत दोषी रहेको जनाइन्।हिजाबमा घुम्दा पनि पुरुषहरु महिलाको पछि लाग्ने गरेको उदाहरण उनले दिएकी छन्। इमरानले महिलाका विषयमा बोल्दा एक वर्षअघि पनि उनले असन्तुष्टी जनाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्