पारित भएन बाइडेन प्रशासनले ल्याएको निर्वाचन सम्बन्धी‘फर द पिपुल’ विधेयक एजेन्सी।डेमाेक्र्याटले ल्याएको देशव्यापी रूपमा निर्वाचनसम्बन्धी नियम लागू गर्ने व्यवस्थासहितको विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले रोकेका छन्।राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयकको पक्ष र विपक्षमा ५०–५० मत परेको थियो।१०० सिट रहेको सिनेटमा विधेयक पारित हुन ६० मत चाहिन्छ।सन् १९६५ को भोटिङ्ग राइट एक्टपछिको सबैभन्दा विस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको डेमोक्र्याटको तर्क छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्