चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
रासस। चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ। आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो। चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले बताए। घाइते दुवैको सामान्य छ।
प्रतिक्रिया दिनुहोस्