पत्रकार जमाल खशोगीको हत्यामा संलग्न चार जनाले अमेरिकामा अर्धसैन्य तालिम लिएका थिए : रिपोर्ट एजेन्सी। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले साउदी अरबका पत्रकार जमाल खशोगी हत्यामा संलग्न चारजनाले अमेरिकामा अर्धसैन्य तालिम लिएको खुलासा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिमा नीजि सुरक्षा समूह ‘टायर वान ग्रुप’ले उनीहरुलाई तालिम दिएको अखबारले खुलाएको हो। तालिमका लागि उनीहरुलई बाराक ओबामा राष्ट्रपति हुँदा स्वीकृति दिइएको थियो। साउदीको आलोचना गर्ने पत्रकार खशोगीको हत्या सन् २०१८ अक्टुबर २ मा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्