राष्ट्रसंघमा नेपालले दियो अमेरिकाविरुद्ध भोट, क्युबाले पायो साथ
काठमाडौं। क्युबामाथि आर्थिक प्रतिबन्ध लगाउने अमेरिकी फैसलाको विरुद्धमा संयुक्त राष्ट्रसंघमा पेश गरिएको निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको छ। बुधबार भएको मतदानमा राष्ट्रसंघका नेपाललगायत १८४ राष्ट्र अमेरिकाको विरुद्धमा उभिए। ब्राजिल, कोलम्बीया र युक्रेन मतदानमा अनुपस्थित भए। “हामीले यो मुद्दामा सधैं क्युबाको पक्षमा उभिएका छौं। त्यसैले हिजो पनि निन्दा प्रस्तावको पक्षमा मतदान गरेका हौं,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
प्रतिक्रिया दिनुहोस्