भाटभटेनी सुपर मार्केटसहित चार कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको सर्वोच्चको ठहर
काठमाडौं। सर्वोच्च अदालतले भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर लगायत चारवटा कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनीसहित शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र एआईटी प्रालिले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको हो।

यसअघि राजस्व न्यायाधीकरणले यी कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको फैसला गरेको थियो।

उक्त फैसलामा चित्त नबुझाएर ती कम्पनीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

अघिल्लो सातादेखि अन्तिम सुनुवाइ थालेको सर्वोच्च अदालतले आज यी कम्पनीले राजस्व छली गरेको राजस्व न्यायाधीकरणको ठहरलाई सदर गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्