फिलिपिन्समा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु एजेन्सी। फिलिपिन्समा सैनिक हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ। उत्तरी मनिलामा भएको दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको फिलिपिन्सको सनाले जनाएको छ। तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्