चिनियाँ पथमा अमेरिका : स्वतन्त्रताको पक्षधर हुँ भन्ने, न्यूजसाइट पनि बन्द गर्ने
एजेन्सी। अमेरिकाले इरानका समाचारमूलक वेबसाइट बन्द गरेपछि अहिले विश्वमा इन्टरनेट स्वतन्त्रताको आवाज उठेको छ। जुन समय चीनको दबाबमा हङकङबाट प्रकाशित हुने ‘एपल डेली’बन्द हुने खबर बाहिर आइरहेको छ त्यही समय अमेरिकाले इरानका समाचारमूलक साइट बन्द गर्ने घोषणा गर्यो। विरोधीको अभिव्यत्ति स्वतन्त्रताको सम्मान गर्ने अमेरिकी दाबीलाई यसले झुठ सावित गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले यसलाई ‘लज्जाजनक कार्य’ बताए।
प्रतिक्रिया दिनुहोस्