काठमाडौं। शारिरीकरूपमा अपांगतायुक्त पुरुष र सामान्य अवस्थाकी एक महिलालाई सँगै देख्दा कस्तो सम्बन्ध होलान् भन्ने ठान्नुहुन्छ ?
धेरैले हन्नाह एलवार्डलाई सेन ब्रुकको नर्स ठान्छन्।
तर, यथार्थ फरक छ। स्पाइनल मस्कुल एट्रोफीका कारण मांसपेशी कमजोर भएको छ सेन ब्रुकको। हन्नाह तन्दुरुस्त छिन्। तर, उनीहरूको सम्बन्ध बिरामी र नर्सको होइन। हन्नाह सेनको हुनेवाली पत्नी हुन्।
मानिसहरू शुरूमा पत्याउनै गाह्रो मान्छन् । होटलमा जाँदा सेनलाई केटाकेटीको मेनु देखाइन्छ। उनले बियर मगाउँदा पसले हाँस्छन्।
त्यसैले त यी जोडी यु ट्युबमा च्यानल बनाएर अपांगतायुक्त मानिसबारे समाजमा व्याप्त धारणा हटाउने अभियानमा छन्।
उनीहरूले युट्युबमा ‘स्क्वर्मी एन्ड ग्रुब्स’ नामक च्यानल बनाएर भिडिओ अपलोड गर्ने गर्छन्। चार लाख २० हजारले यो च्यानल सब्स्क्राइब गरेका छन्।
“स्क्वर्मी र ग्रुब्स’ हामीले एकअर्कालाई दिएको निकनेम हो”, हन्नाह भन्छिन्, “हामीले सम्बन्धको शुरूदेखि नै एकअर्कालाई यही नामले सम्बोधन गर्ने गरेका छौँ। मलाई उनले ‘स्क्वर्मी’ (सर्पजस्तो) भन्छन् किनकी सुतिरहँदा म बढी चल्छु।”
सेनको हातमा धेरै पसिना आउने भएकाले हन्नाहले उनलाई ग्रुब्स उपनाम दिएकी हुन्।
उनीहरूले भिडिओमार्फत् आफ्नो जीवन कसरी रमाइलो गरी बिताइरहेछन् भन्ने देखाउने गरेका छन्।
भिडिओ च्यानलको आइडिया भने किताब र ब्लगबाट आएको हो। सेनको आत्मकथा ‘लफिङ एट माई नाइटमेयर’ पढ्ने धेरै भए। अनि उनको ब्लग पछ्याउने पनि प्रशस्तै भए। आफूलाई पछ्याउनेहरूको यो संख्या देखेर उनीहरूलाई लाग्यो, भिडिओ नै देखाउन पाए त !
नभन्दै भिडिओ हेर्नेहरू उनीहरूले सोचेभन्दा निकै नै बढी हुन थाले।
“हाम्रा भिडिओले अपांगतायुक्त मानिस पनि खुशी र सफल जीवन जिउन सक्छन् भन्ने देखाएको छ” , हन्नाह भन्छिन्।
शुरूशुरूमा आफ्नो जीवनचर्या मात्र भिडिओमार्फत् देखाउने उनीहरू अचेल सन्देश प्रवाहमा बढी केन्द्रित भएका छन्। उनीहरू समाजमा व्याप्त अक्षमताबारे धारणा परिवर्तन गर्न चाहन्छन्।
हन्नाह सेनकी जीवनसंंगी मात्र नभई अभिभावक पनि हुन्। सेन आफैं उठ्न, सुत्न, खानपिन गर्न र बाथरुम प्रयोग गर्न सक्दैनन्। हन्नाहले उनलाई सघाउँछिन्। यी अतिरिक्त सहायताबाहेक उनीहरूको जोडी अरूको जस्तै सामान्य छ।
“अपांगतायुक्त मानिसबारे समाजमा धेरै गलत बुझाइ छन्। यसको अनुभव नभएकाहरूमा त झन् धेरै हुन्छ”, सेन भन्छन्, “हामी थोरै फरक तरिकाले काम गर्छाैँ। जस्तै मलाई हन्नाहले बियर मुखसम्म पुर्याउन सहयोग गर्छिन्, तर यसले हाम्रो जीवनको प्रेम, साहस र उत्साहलाई हटाउँदैन।”
तर, धेरै मानिस उनीहरूको बेडरुममा के हुन्छ भन्नेमा जिज्ञासु हुन्छन्। अपांगतायुक्त व्यक्ति र सामान्यबीच शारीरिक सम्बन्ध हुने सम्भावना कम हुन्छ भन्ठान्छन् धेरै मानिसहरू।
सेन र हन्नाह आफ्नो यौन जीवनबारे आफ्नो च्यानलमा कुरा गर्दैनन्। तर, प्रश्नोत्तरको रूपमा र सेनको पुस्तकमा अरू दम्पतीका लागि जस्तै सेक्स उनीहरूको सम्बन्धका लागि पनि निकै महत्त्वपूर्ण छ।
हन्नाह भन्छिन्, “व्यक्तिहरू सोच्दछन् अशक्त व्यक्तिले सेक्स गर्न सक्दैनन् तर यो गलत बुझाइ हो।”
सेनले हन्नाहलाई चिनेको तीन वर्ष भयो। हन्नाहको सहयोग भएपछि सेनलाई आफ्नो अशक्तता पनि सहज लाग्न थालेको छ। सेन भन्छन्, “म हन्नाहप्रति धेरै ऋणी छु।”
यस्तै जोडी हो, कोल सिडनर र करिश्मा जैमिसनको पनि। उनीहरूले पनि आफ्नो सम्बन्धबारेका भिडिओ युट्युबमा ‘रोल वीथ कोल र करिश्मा’ नामक च्यानलबाट प्रसारण गर्छन्। त्यो च्यानलका सब्स्क्राइबर एक लाख ७० हजार पुगिसकेका छन्।
कोलले २०११ मा भर्जिनिया जेम्स नदीमा हाम्फालेका थिए। त्यसबेला उनको मेरुदण्डमा चोट लागेर काट्नुपर्यो । उनका औंला चल्दैनन्। उनी केवल आफ्नो पाखुरा यताउता सार्न र ह्वीलचियर वरिपरि लान सक्छन्। करिश्मा कोलको हेरचाहकर्ता हुन्।
सेन जस्तै कोल पनि भिडिओमा आफ्नो दैनिक जीवन सेयर गर्छन्। चोटपटकका बाबजुद साहसिक कार्य गर्न जान्छन्।
“म अशक्त छु, हामी धेरै कुरा गर्न सक्षम छैनौं, यो सत्य हो”, कोल भन्छन्, “तर त्यहाँ सत्यको पनि डिग्री हुन्छ। हामीले गर्न चाहेका धेरै कुरा हामी गर्न सक्छौं। थोरै योजना बनाएर काम गर्यो भने हामीले पनि गुणस्तरीय जीवन जीउन सक्छौं।”
त्यस्तै कथा छ, केभिन ओर्टिजको पनि। उनले २०१२ मा आत्महत्या गर्न खोजे। छातीमा आफैंले गोली हाने। जसकारण उनको कम्मरमा पक्षघात भई ह्वीलचियरमा बसिरहेका छन्। नोभेम्बरमा उनले युट्युबमा भिडिओ बनाएर आफ्नै कथा भने। अहिले उनी आफ्नो भावी पत्नी कस्सान्ड्रा गरिबेसँग खुशी छन्। उनीहरूले आफ्नो युट्युब च्यानल ‘लाइफ अफ कश्मीर’मा भिडिओ हाल्छन्। जसमा ३६ हजार सब्स्क्राइबर छन्। उनीहरूको दैनिक ब्लगका साथै प्रांक भिडिओ र च्यालेन्ज भिडिओ सेयर गर्छन्।
केभिन र कस्सान्ड्राले उच्च विद्यालयमा छँदा लभ अफयर शुरू भएको थियो, तर कस्सान्ड्रा क्यालिफोर्निया गएपछि उनीहरूको ब्रेकअप भएको थियो। तर, केभिनको दुर्घटनापछि उनलाई मानसिक तनावबाट कस्सान्ड्राले नै बाहिर निकालिन्। अब उनीहरू बिहे गर्ने सोचाइमा छन्।
कस्सान्ड्राले केभिनलाई नयाँ-नयाँ काम गर्न प्रोत्साहित गर्छिन्। उनीहरू विभिन्न ठाउँ घुम्छन्। नयाँ–नयाँ प्रयोग गर्छन्। युट्युबमा तिनै अनुभवको भिडिओ सेयर गर्छन्।
" /> काठमाडौं। शारिरीकरूपमा अपांगतायुक्त पुरुष र सामान्य अवस्थाकी एक महिलालाई सँगै देख्दा कस्तो सम्बन्ध होलान् भन्ने ठान्नुहुन्छ ?धेरैले हन्नाह एलवार्डलाई सेन ब्रुकको नर्स ठान्छन्।

">