स्पेनमा लकडाउनमा बढ्यो पुरुषको आतंक, एक महिनामा पत्नी हत्याका १३ घटना एजेन्सी। स्पेनमा लकडाउनको अवधिमा महिलामाथि हुने हिंसाका घटना अत्याधिक बढेका छन्। बितेको एक महिनामा स्पेनमा १३ जना महिलाको हत्या भएको छ। हत्या पति तथा पूर्व प्रेमीले गरेका छन्। यीमध्ये तीन हत्या एकैदिन भएका थिए। एकजना ८१ वर्षीया महिलालाई उनको पतिले हथौडाले हानेर हत्या गरेको समेत खुलेको छ। महिला माथि हिंसा बढेपछि स्पेनमा पछिल्लोसाता २५० भन्दाबढी साना ठूला प्रदर्शन भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्