ताइवानकी राष्ट्रपति वेनको चीनलाई खुला चुनौती– हङकङको स्वतन्त्रताको समर्थन गर्छौं
एजेन्सी। ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले खुलेआम चीनलाई चुनौती दिँदै भनेकी छन्, “हङकङको स्वतन्त्रताको लागि ताइवानले सधैं समर्थन जनाउनेछ।” उनले हङकङको लोकतन्त्र समर्थक पत्रिका एप्पल डेली बन्द भएकोमा दुःख व्यक्त गरेकी छन्। स्वतन्त्रता र लोकतन्त्र आफ्नो नसा नसामा रहेको उनले बताइन्। उनले एक दिन हङकङ चीनबाट स्वतन्त्र भई छाड्ने दाबीसमेत गरिन्।
प्रतिक्रिया दिनुहोस्