काठमाडौं । ‘घनचक्कर’ प्रकाशित भएको १२ वर्षपछि अर्काे उपन्यास ‘हंस’ लिएर सञ्जीव उप्रेती पाठकमाझ आएका छन् ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक उप्रेती, आख्यानकार नयनराज पाण्डे र रंगकर्मी एवं लेखिका भूषिता वशिष्ठले उपन्यास सार्वजनिक गरेका हुन् ।
उपन्यासमा सञ्जीवले विश्वजनीय विषय उठाएको नयनराजले बताए । पछिल्लो समय लेखकहरू राजनीति जस्ता भारीभरकम विषयमा लेख्न थालेको उल्लेख गर्दै कताकता आख्यान कला, प्रस्तुति र शिल्पबाट विमुख भएको आभाष हुन थालेको नयनराजले दावी गरे ।
तर, यो उपन्यासले पर्यावरणीय संकट, नारीपुरुषको सम्बन्ध र प्रेमलाई केन्द्रविन्दुमा राखेर सम्बन्धहरुको बारेमा झक्झकाउन मद्दत गरेको उनको ठहर थियो ।
उनले लेखक सञ्जिवलाई भने, “यस्तो उपन्यास एकजना बौलाहाले मात्रै लेख्न सक्छन् । तपाईं यसरी नै बौलाइरहनुस् र फेरिफेरि यस्ता कृति प्रकाशन गरिरहनुस् ।”
भुषिताका अनुसार सञ्जिवले कृतिको भाषामा नयाँ प्रयोग गरेका छन् । नेपालमा विभिन्न किसिमका भाषा र व्याकरण भएको र नेपाली भाषाको व्याकरण मात्रै लाद्न खोजेको आरोप उनले लगाइन् ।
त्यस्तै उनले प्रेमको परिभाषा प्रजनन्सँग जोडेर व्याख्या भइरहेकोमा दुःख व्यक्त गर्दै उपन्यासले यस्ता विचारहरू परिवर्तनमा जोड दिएको बताइन् ।
अहिलेसम्म समाजमा मानवकेन्द्रित विश्वदृष्टि मात्रै लेखिएको उल्लेख गर्दै लेखक सञ्जिवले यसबाट बाहिर निस्कने प्रयास गर्न उपन्यासले सुझाउने बताए ।