इरानका न्यूजसाइट बन्द गर्ने बाइडेनले हङकङको अखबार बन्द हुँदा भने– पत्रकारिता अपराध होइन एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले हङकङबाट प्रकाशित हुने लोकतन्त्र समर्थित ‘एप्पल डेली’ बन्द भएकोमा दुःख व्यक्त गरेका छन्। उनले अखबार बन्द भएको दिन मिडिया स्वतन्त्रताको लागि दुःखद दिन भएको प्रतिक्रिया दिए। चीन सरकारको दबाबमा एप्पल डेलीले हिजोबाट प्रकाशन बन्द गरेको हो। बाइडेनले भनेका छन्,“पत्रकारिता अपराध होइन।” केही दिन अघि मात्र बाइडेनले पनि एक दर्जन इरानका समाचारमूलक साइट बन्द गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्