देशकै ठूलो मानवनिर्मित ताल, जहाँ चल्छ ३५ सिटे जेटबोट
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–४ मा देशकै सबैभन्दा ठूलो मानवनिर्मित ताल बनेको छ।जहाँ नेपालकै पहिलो जेटबोट समेत सञ्चालनमा आएको छ।३५ फिट गहिराई रहेको उक्त ताल १२१ बिघा क्षेत्रफलमा निर्माण भएको हो।बिहीबार जेटबोटको साँचो बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले पाइलटलाई हस्तान्तरण गरेर जेटबोटको सञ्चालन सुरु भएको हो।सो मानवनिर्मित तालमा २०७८ वैशाख १ गतेदेखि बागमती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्