चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी
एजेन्सी। चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान बनाउन श्वेतपत्र जारी गरेको छ। चीनको राज्य परिषदले शुक्रबार ‘चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श’ नामको श्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबुत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्