पुनः सुरु हुँदै रोकिएको जनगणना रासस। कोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ। गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना सक्रङ्क्रणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो। सङ्क्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिन खोजिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्