आज पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण प्रदेश–१,२ र बागमतीमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्