कोलम्बियाका राष्ट्रपतिसहित रक्षा र गृहमन्त्री चढेको हेलिकोप्टरमा गोली प्रहार एजेन्सी। कोलम्बियाका राष्ट्रपति इभान ड्युकसहित रक्षामन्त्री र गृहमन्त्री चढेको हेलिकोप्टरमाथि गोली प्रहार भएको छ। भेनेजुएलाको सीमावर्ती क्षेत्रको नर्टे डे सेन्टाडेर प्रान्त जाने क्रममा गोली प्रहार भएको हो। राष्ट्रपतिसँग प्रान्तका गभर्नर पनि थिए। हमलामा सबैजना सुरक्षित छन्। राष्ट्रपति ड्युकले यसलाई कायरतापूर्ण हमला भन्दै हिंसाबाट आफू नडराउने बताए। उनले हमलाकारी पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्