भारतका सूचना प्रविधिमन्त्रीको ट्वीटर एकाउन्ट एक घण्टा बन्द एजेन्सी।ए.आर.रहमानको गीत ‘मा तुझे सलाम’ का कारण भारतीय सूचना प्रविधि मन्त्री रविशंकर प्रसादको ट्वीटर एक घण्टा बन्द भएको छ।अमेरिकी कपिराइट कानुन उल्लंघन गरेको आरोपमा ट्वीटरले भारतीय सूचना प्रविधि मन्त्रीको एकाउन्ट बन्द गरेको हो।उनले सन् २०१७ मा एउटा भिडियो पोस्ट गरेका थिए।जहाँ पृष्ठभूमिमा रहमानको गीत बजेको थियो। उक्त गीतको कपिराइट सोनी म्युजिकसँग थियो। सोनीले कपिराइट दाबी गरेपछि कारबाही गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्