वर्षाले रोकेन अन्तर्राष्ट्रिय उडान काठमाडौं। आज बिहानैदेखि वर्षा भइरहेपनि अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छैन। बिहानैदेखि मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान प्रभावित नबनेको विमानस्थल कार्यालयले बताएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ५०० हुनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्