कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन एजेन्सी। कोरोनाको सङ्क्रमणदर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ। यहाँ पछिल्लो केही दिनमा सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा उल्लेख छ। बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ। लकडाउन आगामी सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्