चीनसँगको तनावबीच भारतीय रक्षामन्त्री आज लद्दाख जाँदै एजेन्सी। पूर्वी लद्दाखबाट सेनापछि हटाउने विषयमा चीनसँग गतिरोध उत्पन्न भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंह आजदेखि तीन दिने लद्दाख भ्रमणमा जाने भएका छन्। सो क्रममा उनले लद्दाखमा सेनाको तयारीबारे समीक्षा गर्नेछन्। स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे पनि सो भ्रमणमा हुनेछन्। सो क्रममा उनीहरुले सीमा सडक संगठन (बीआरओ) द्वारा निर्मित केही आधारभूत संरचनाको पनि उद्घाटन गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्