जेट विमान उडाउने गरी नेपालगंज विमानस्थलको निर्माण तीब्र
बाँके। ठूला विमान उडाउने गुरुयोजनाअनुसार नेपालगंज विमानस्थलको निर्माणकार्य तीब्र रुपमा भइरहेको छ।

विमान उडान शुरू भएको चार दशकपछि गुरुयोजनाअन्तर्गत नेपालगंजको राँझा विमानस्थलमा सुधारको काम भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिएका थिए।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तार परेको छ।

सन् २०४० सम्म विमानस्थलको आकार अहिलेभन्दा झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

"ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ। गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ", विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले भने।

विमानस्थल विस्तारमा जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ।

सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्ब रूपैयाँ छ।

सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे ६ अर्ब रूपैयाँ छ।

त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ।

चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ।

दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा एक हजार जना बढी यात्रु लाभान्वित हुँदै आएका छन्।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलपछिको व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ ।

हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र जग्गा पर्याप्त हुनेछ।

यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ।

हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिन्छ।

नेपालगंज-काठमाडौं  सबैभन्दा धेरै उडान छ ।

अहिले दैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् ।

२०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई  २०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो।

जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो।रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्