ताइवानसँग सैन्य सम्पर्क नबढाउन अमेरिकालाई चीनको चेतावनी एजेन्सी। चीनको रक्षा मन्त्रालयले अमेरिकालाई ताइवानसँग सैन्य सम्पर्क नबढाउन चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता रेन गुओकियान्गले ताइवानलाई देशमा जोड्ने चीनको भरोसा रहेको र यहाँ हुने कुनै पनि बाहिरी हस्तक्षेपको विरोध गर्ने बताए। रेनले चीनलाई फेरि एकीकृत गर्नु एक ऐतिहासिक आवश्यकता रहेको र यसलाई कसैले रोक्न नसक्ने बताए। उनले ताइवानको स्वतन्त्रताको पछि दौडनु युद्ध स्वीकार्नु जस्तै भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्