जम्मु हवाई अड्डामा ड्रोनबाट गराइयो दुई बिस्फोट एजेन्सी। भारतीय सेनाको सुरक्षा घेराभित्र रहेको जम्मू हवाई अड्डामा गए राती दुईवटा बिस्फोट भएका छन्। सेनाको प्राविधिक क्षेत्रमा पाँच मिनेटको अन्तरमा दुई बिस्फोट भएका थिए। बिस्फोट पी–१६ ड्रोनबाट गराइएको भारतीय सेनाले जनाएको छ। बिस्फोटले घरहरुमा सामान्य क्षति पुर्याएको छ। घटनापछि जम्मुमा उच्च सतर्कता अपनाइएको जनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्