काठमाडौं। भोलि, १ माघ अर्थात् माघे संक्रान्ति। संक्रान्ति मनाउने तयारीका लागि बजारमा चहलपहल बढेको छ।
र, यो चहलपहलको सबभन्दा ठूलो चाप काठमाडौंको उत्तरी कुनामा अवस्थित पुरानो बजार टोखामा परेको छ। यो त्यही बजार हो, जो माघे संक्रान्तिको परिचय मानिने चाकुका लागि प्रख्यात छ। काठमाडौंको बजारमा टोखाको चाकुको माग पनि उच्च छ।
माघे संक्रान्तिलाई विभिन्न जाति, समुदायले आ–आफ्नो संस्कृतिअनुसार मनाउने गर्छन्। संक्रान्तिका दिन विशेष गरी चाकु, तीलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने चलन छ।
यस्ता परिकारले शरीरलाई ऊर्जा दिने गर्छन्। चाकुमा पौष्टिक तत्त्व हुने भएकाले यसले शरीरलाई ऊर्जा दिने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्। उनका अनुसार चाकुमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन र पोषणतत्त्व पाइन्छ।
देखापढी सहकर्मी मिङमार ग्याल्बो लामा र सानुबाबु महर्जनले टोखा पुगेर तयार पारेको यो भिडिओ सामग्रीः