जम्मू एयर फोर्स स्टेशनमा भएको बिस्फोट आतंकवादी हमला बीबीसी। भारतको जम्मु एयर फोर्स स्टेशनमा आज भएको बिस्फोट आतंकवादी आक्रमण भएको पुष्टि भएको छ। जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त बिस्फोट आतंकवादी आक्रमण भएको बताए। प्रहरी र भारतीय सेनाले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनले जनाए। एयर फोर्स स्टेशनमा ड्रोनमार्फत आक्रमण गरिएको थियो। बिस्फोट हुँदा केही घरमा क्षति पुगेको जनाइएको छ। पीटीआईकाअनुसार घटनामा दुईजना वायु सैनिक घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्