यमनमा हूती विद्रोही र सुरक्षाकर्मीबीच संघर्ष, एक सय लडाकुको मृत्यु
बीबीसी। यमनको उत्तरी क्षेत्रमा सुरक्षा बल र हूती विद्रोहीबीच भएको भीषणमा संघर्षमा एक सय भन्दा बढीको मृत्यु भएको छ। सरकार समर्थक स्रोतकाअनुसार तीन दिनदेखि चलेको संघर्षमा ३० जना सुरक्षाकर्मी मारिएका छन्। मारिब सहर नियन्त्रणको लागि संघर्ष भएको जनाइएको छ। मारिब यमनको ती सहरमा पर्छ जहाँ तेलको ठू्रलो भण्डारण रहेको छ। यमनका अन्य क्षेत्रमा युद्ध हुँदा विस्थापितहरु समेत मारिबमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्