मुद्दा मिलाइदिने भन्दै ६० हजार घुस लिने प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। यादवले प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्