साउदी जेलमा तीन वर्ष बिताएपछि रिहा भइन् सामाजिक कार्यकर्ता नसीमा बीबीसी। साउदी अरबको जेलमा तीन वर्षदेखि कैद सजाय भोगिरहेकी लेखिका तथा सामाजिक कार्यकार्ता नसीमा अल–सदा आज रिहा भएकी छन्। साउदी अरबमा मानवअधिकारको पक्षमा काम गर्ने संगठन अल–खलीज अल–जदीदले उनको रिहाइको पुष्टि गरेको हो। साउदीमा महिला अधिकारको पक्षमा आवाज उठाएकैले नसीमालाई साउदी सरकारले कैद सजाय गरेको थियो। उनले महिलालाई सवारी चलाउन दिनुपर्ने, निर्वाचनमा मदतानको अधिकार दिनुपर्नेलगायतका माग राखेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्