जम्मु–काश्मीरमा चरमपन्थीद्वारा प्रहरी दम्पतीको हत्या, छोरी घाइते बीबीसी। भारतको जम्मु–काश्मीरको पुलवामा जिल्लामा चरमपन्थीले विशेष प्रहरी बलका अधिकारी र उनकी श्रीमतीको हत्यार गरेका छन्। सो घटनामा उनीहरुकी छोरी घाइते भएकी छन्। गएराति करिब ११ बजेतिर अवन्तीपोरा इलाकाको हरिपरिगाममा प्रहरी अधिकारी फैय्याज अहमदको घरमा प्रवेश गरेर गोली चलाएका थिए। गोली लागेर घाइते भएका उनीहरुको अस्पतालमा मृत्यु भएको हो भने छोरी राफियाको उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्