उपत्यकाको निषेधाज्ञाबारे निर्णय आज, सञ्चालन होला सार्वजनिक यातायात? काठमाडौं। उपत्यकाको निषेधाज्ञाको थप गर्ने वा खुकुलो बनाउने भन्ने सम्बन्धमा निर्णय हुँदैछ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको छ। खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्