जम्मुमा २–२ किलोका बम ड्रोनबाट १०० मिटरमाथि खसालेको पुष्टि
एजेन्सी। जम्मु एयरफोर्स स्टेशनमा ड्रोनबाट आइतबार २–२ किलोका इम्प्रोवाइज्ड एक्सप्लोजिव डिभाइसेज(आईआईडी) १ सय मिटरमाथिबाट खसालिएको पुष्टि भएको छ। इन्डियन एक्सप्रेसले स्रोतलाई उदृत गर्दै यो चरमपन्थी हमलामा दुई वटा ड्रोनबाट ‘हाई ग्रेड’ विस्फोटक पदार्थ प्रयोग गरिएको उल्लेख गरेको छ। जम्मु एयरफोर्स स्टेशनमा आइतबार बिहान करिब पौने २ बजे ६ मिनेटको अन्तरमा दुई वटा शक्तिशाली विस्फोट भएको थियो।
प्रतिक्रिया दिनुहोस्