पहिरोको कारण राप्ती र सिद्धार्थ राजमार्ग अवरुद्ध काठमाडौं। सल्यानको कपुरकोट गाउँपालिका–३ बसेरीस्थित राप्ती राजमार्गमा आइतबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ। यस्तै, पाल्पाको तिनाउँ गाउँपालिका–३ अर्घाछाप भन्ने स्थानमा आइतबार दिउँसो पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वय सडक खुलाउने आवश्यक पहल भइरहेको प्रहरले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्