काठमाडौमा निषेध आदेश एक साता थप गरियो
काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा असार १५ देखि २१ गतेसम्मको लागि थप गरेको हो। यो समयमा बजार पसल खुकुलो प्रावधानसहित खुल्नेछन् भने ठूला सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चल्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्