साउनदेखि चोभारमा सुख्खा बन्दरगाहा सञ्चालनमा आउने
काठमाडौं। चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन आउने भएको छ। आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरिसकिने बताएका हुन्। बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको भन्दै उनले बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने बताए।
प्रतिक्रिया दिनुहोस्