काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध चार करोड हिनामिना गरेको आरोपमा मुद्दा चलाएको छ।
अख्तियारले बैंककी तत्कालीन टेलर सहायक दीपिका रेग्मी, शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, शाखा प्रमुख महेश्वर मरहट्ठा, नेपाली सेनाका सहायक रथी रमेशराज बिष्ट, बैंकका कर्मचारी तारानाथ पाण्डे र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध चार करोड २४ लाख ७३ हजार ६११ रूपैयाँ बैंकलाई गैरकानूनी रूपमा हानिनोक्सानी पुर्याएको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।
उनीहरूले आपसमा सरसल्लाह गरेर मिलेमतोमा कृषि विकास बैंक, बैंकिङ मुख्य शाखा कार्यालउ न्यूरोडबाट अनधिृकत रूपमा रकम निकालेको अख्तियारले जनाएको छ।
प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दीपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहेको अख्तियारको आरोप छ।
उनले विभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका अकाउन्ट पे चेकहरू ईसीसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरूको खातामा जम्मा गरी सोही चेकमा भएको विवरण सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुनः प्रयोग गरी दिपिका रेग्मीले ‘अथोराइज’का लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी र तारानाथ पाण्डेसमक्ष पेश गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ।
गिरी, मरहट्ठा, रेग्मी र पाण्डेले पुनः प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरू मात्रैका आधारामा उक्त चेक सदर गरेको देखिएकाले रकम हिनामिनामा यी सबै व्यक्तिको मिलेमतो रहेको, राष्ट्र बैंकको निर्देशिका विपरीत चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरेको अख्तियारको दाबी छ।
आरोपीमध्ये दीपिका रेग्मी, प्रेमहरि ढुंगेल र रमेशराज बिष्टसँग जनही चार करोड २४ लाख १३ हजार ६११ रूपैयाँ बिगो माग गरिएको छ।
यसैगरी, प्रकाश घतानीसँग दुई करोड ६७ लाख ७५ हजार ४३५, गोपाल गिरीसँग दुई करोड ६१ लाख १९ हजार ४१५, सलिल रेग्मीसँग एक करोड १० लाख ३३ हजार १९६, महेश्वर मरहठ्ठासँग ६७ लाख २१ हजार र तारानाथ पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध चार करोड हिनामिना गरेको आरोपमा मुद्दा चलाएको छ।अख्तियारले बैंककी तत्कालीन टेलर सहायक दीपिका रेग्मी, शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, शाखा प्रमुख महेश्वर मरहट्ठा, नेपाली सेनाका सहायक रथी रमेशराज बिष्ट, बैंकका कर्मचारी तारानाथ पाण्डे र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध चार करोड २४ लाख ७३ हजार ६११ रूपैयाँ बैंकलाई गैरकानूनी रूपमा हानिनोक्सानी पुर्याएको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।

">