भारतले गर्यो ‘अग्नी–प्राइम मिसाइल’ को सफल परीक्षण
बीबीसी। भारतले आज नयाँ पीढीको परमाणु हतियार बोक्न सक्ने अग्नि फ्राइम मिसाइलको सफल परीक्षण गरेको छ। समाचार संस्था पीटीआईका अनुसार मिसाइलको परीक्षण ओडिशाको अब्दुल कलाम द्वीपमा बिहान १०ः५५ बजे गरिएको थियो। जमीनबाट जमीनमा प्रहार गर्ने यो मिसाइल एक हजारदेखि दुई हजार किलोमिटरसम्म प्रहार गर्न सकिनेछ। यो मिसाइलको डिजाइन तथा विकास रक्षा अनुसन्धान एवं विकास संगठनले गरेको हो।
प्रतिक्रिया दिनुहोस्