किम जोङ्ग उनको वजन घट्यो, संसार भरी चर्चा
एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको तौल घटेको तस्वीर सार्वजनिक भएपछि अहिले त्यो संसारभर चर्चाको विषय बनेको छ। उनी लगभग एक महिना सार्वजनिक समारोहहरुमा देखिएका थिएनन्। जब उनी एक महिनापछि सार्वजनिक भए त्यतिबेला उनले धेरै वजन घटाइसकेका थिए। किमको परिवारमा हृदय रोगको ‘हिस्ट्री’ रहेको छ, जसले झन् उनको वजन घटेकोमा मानिसको उत्सुकता बढाएको छ।
प्रतिक्रिया दिनुहोस्