इयूले दियो भारतलाई झट्का, कोभिशिल्ड लगाउनेलाई इयूले ‘भ्याक्सीन पासपोर्ट’ नदिने एजेन्सी। युरोपेली युनियन (इयू)ले भारतलाई झट्का दिएको छ। इयूले भारतमा निर्मित कोरोना विरुद्धको खोप काभिशिल्ड लडाउनेलाई ‘भ्याक्सीन पासपोर्ट’ नदिने घोषणा गरेको छ। यो निर्णयसँगै भारतमा बनेको कोभिशिल्डलाई इयूले मान्यता नदिएको बताइएको छ। युरोपियन मेडिसिन एजेन्सीले हालसम्म चारवटा खोपलाई मात्र मान्यता दिएको छ। मान्यता दिएका खोप लगाउनेलाई मात्र इयूले प्रवेश दिने जनाएको हो। भारतमा अधिकांसलाई कोभिशिल्ड खोप दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्