क्युडीमा ९४ परिवार पहिरोले विस्थापित, एउटै त्रिपालमा ४ परिवारको बास बाजुरा।असारको सुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ।वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौं बस्ती जोखिममा रहेका छन्।उत्तरपूर्वी हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएका छन्।सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन्।पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्