जम्मु आक्रमणपछि सबै सैन्य अड्डामा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ एजेन्सी। जम्मुस्थित सैन्य अड्डामा ड्रोनमार्फत बम हमला भएपछि भारतका सबै सैन्य प्रतिष्ठानमा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ गरिएको छ। यस्तै सम्भावित खतरालाई मध्यनजर राख्दै कुनै पनि स्थानमा ड्रोन उडाएको पाइएमा तत्काल जवाफी कारबाही गर्न आदेश समेत दिइएको छ भने सैनिक मुख्यालय, युनिट, क्याम्पमा सतर्कता अपनाइएको छ। वायुसेनाको स्टेशनमा पनि एन्टी गनसहित कमाण्डो परिचालन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्